एएफसी छनोट खेल्ने महिला टोलीको घोषणा, बुधबार चीन जाने « Khabarhub

एएफसी छनोट खेल्ने महिला टोलीको घोषणा, बुधबार चीन जाने


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मंगलबार घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो ।

टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सविता रानामगर, मिडफिल्डरम सरु लिम्बू), मञ्जली कुमारी योञ्जन र मेनुका आलेमगर रहेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जानकारी दिए । त्यसैगरी टोलीमा र अस्मिता वैद्य , मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय रहेका छन् ।

यसअघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टोली बुधबार चीन जानेछ । गत कात्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा नेपालले तीन खेलबाट छ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतविरुद्ध दुवै गोल रेखा पौडेलले गरेकी थिइन् । यस्तै प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो ।

दोस्रो चरणका खेल यही वैशाख १३ देखि १७ गतेसम्म थाइल्याण्डमै हुँदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमासँग खेल्नेछ । नेपालले पहिलो खेलमा वैशाख १३ गते अष्ट्रेलियासँग, १५ गते उज्वेकिस्तान र १७ गते म्यानमासँग खेल्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : २२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा