विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : देउवा « Khabarhub

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : देउवा


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताए ।

‘विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ’, आज (मंगलबार)आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।’

पूर्वप्रधानमन्त्री देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरी नियन्त्रणमा राख्न खोजेको बताए।

सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उनले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ५४ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार