विराट कोहलीका कारण अनुष्का शर्माले ‘बलिउड’लाई बाइबाइ गर्ने ! « Khabarhub

विराट कोहलीका कारण अनुष्का शर्माले ‘बलिउड’लाई बाइबाइ गर्ने !


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिएकी थिइन् । त्यसपछि अनुष्काले कुनै पनि फिल्म साइन गरेकी छैनिन् ।

अहिले चर्चा चल्न थालेको छ कि, अनुष्काले अब फिल्ममा अभिनय गर्ने रुचि देखाउन छोडेकी छिन् । यतिबेला उनका हातमा कुनै पनि फिल्म छैनन् । जबकि, उनी बलिउडकी टप हिरोइनमध्ये एक हुन् ।

फिल्म त एकातिर भयो, उनी पछिल्लो समय बलिउडका इभेन्टमा पनि कम जान थालेकी छिन् । कतिपयले अब अनुष्काले बलिउडलाई बाइबाइ गर्न लागेको बताउन थालेका छन् ।

कारण के होला ? यसको खास कारणबारे त अहिले खुलाइएको छैन । तर, बलिउडमा विराट कोहलीले नै अनुष्कालाई अब फिल्म नखेल्न सल्लाह दिएका समाचार पनि आइरहेका छन् । सूत्रका अनुसार विराट चाहन्छन् कि, अब अनुष्काले परिवार र आफूलाई बढी समय दिऊन् ।

फिल्ममा काम गर्ने कलाकारसँग निकै कम समय हुने गर्दछ । कहिले दिन त कहिले रातमा फिल्मको लागि समय दिनुपर्ने अवस्था आइरहेको हुन्छ । यसकारण अनुष्का पनि विराटलाई समय दिन पाइरहेकी हुँदिनन् ।

यता विराटका नजिकका साथीहरुले यो कुरालाई चाहिँ गलत भनेका छन् । उनीहरुका अनुसार विराटले अनुष्कालाई अभिनय गर्नबाट कहिल्यै रोक्न चाहँदैनन् । विराटलाई थाहा छ कि, अनुष्का बलिउडकी ‘फेमस’ कलाकारमध्ये एक हुन् ।

यी कुराहरु चलिरहँदा अर्कातिर अनुष्का गर्भवती भएको बारे पनि अड्कल काट्न थालिएको छ । बलिउडमा यो गसिप बनिरहेको छ तर अनुष्काले केही समय पहिले नै आफूहरु परिवार बढाउने योजनामा नरहेको बताएकी थिइन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  २ : २० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई