सुन भन्दै फलाम भिराएर १९ लाख ठगी, यसरी परे चार अभियुक्त प्रहरी फन्दामा « Khabarhub

सुन भन्दै फलाम भिराएर १९ लाख ठगी, यसरी परे चार अभियुक्त प्रहरी फन्दामा



काठमाडौं– २०७५ पुस १२ गते, राजेश वि.क. महागरीय प्रहरी परिसरमा हस्याङ फस्याङ गर्दै पुगे । असिनपसिन अवस्थामा पुगेका विकले आफूलाई नक्कली सुन भिराएर १९ लाख रुपैयाँ ठगेको भन्दै उजुरी दिए ।

प्रहरीले पनि उनको उजुरी राम्रोसँग हेर्‍यो । र, ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न भन्दै तत्काल टोली परिचालन गर्‍यो । परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार, प्रहरीले वैशाख २ गते काठमाडौंको सुनधाराबाट ४ जना सहित उनीहरुले प्रयोग गरेको बा २ ज १८४१ नम्बरको ट्याक्सी नियन्त्रणमा लियो ।

उनीहरुको साथबाट ७० हजार रकम पनि बरामद् गर्न प्रहरी सफल भयो । डिएसपी बोगटीका अनुसार, उनीहरुले लुटिएको अरु रकम भने विभिन्न व्यक्तिलाई दिइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यी हुन् पक्राउ पर्ने चार अभियुक्ति
– पूर्णवहादुर तामाङ्ग, नुवाकोट, दुप्चेश्वर
– चन्द्र वहादुर श्रेष्ठ, काभ्रे चौरी देउराली
– प्रविन श्रेष्ठ, काभ्रे चौरी देउराली
– सुवास श्रेष्ठ, काभ्रे चौरी देउराली

ठगी गरेको रकमको बाँडफाँड

पक्राउ परेका मध्य नुवाकोटका ३३ बर्षीय पूर्णबहादुर तामाङ मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रवक्ता वोगटीका अनुसार, उनले लुटेको रकम मध्य ९ लाख ५० हजार आफूले राखेका थिए । त्यस्तै काभ्रेका चन्द्रबहादुर श्रेष्ठलाई ३ लाख ५० हजार दिए भने प्रविन श्रेष्ठ र सुवास श्रेठलाई ३/३ लाख दिएका थिए ।

यसरी भयो ठगी

पीडित वि.कका अनुसार ठगीमा संलग्नहरुले शुरुमा उनी सँग सम्बन्ध बढाए । अनि केही समय पछि आफूहरुस“ग आधा किलो सुन भएको र बजार मूल्य भन्दा सस्तोमा दिने भन्दै विश्वास दिलाए । वि.क. पनि सस्तो मुल्यमा सुन पाउने भनेपछि सुन लिन राजी भए । उनीहरु बीच बार्गेनिङ चल्यो र अन्त्यमा १९ लाख रुपैयाँमा कुरा मिल्यो । आधार किलो सुनको बजार मूल्य भने करिब २४ लाख रुपैयाँ भन्दा बढी पर्‍थ्यो ।

उनीहरुले भने बमोजिम वि.क. सुन लिनसामाखुसी स्थित रानीबारी पुगे । उनीहरुले सुनको गहना राख्ने रातो प्याकेटमा पहेंलो कपडाले बेरेको चार वटा टुक्रा विकलाई दिए । सस्तो मूल्यमा चार टुक्रा सुन पाएपछि वि.क. पनि मख्ख परे र १९ लाख रुपैयाँ खनखनी गनिदिए । रातो प्याकेटमा बेरिएको सुन लिएर विक घर गए । परिसरका डिएसपी बोगटी भन्छन्- जब घर पुगेर पोको खोले तबमात्र उनी छाँगाबाट खसेजस्तै बने । किनकी उनीहरुले दिएको सामान सुन नभएर फलाम थियो । त्यसपछि उनले आफू ठगिएको पत्तो पाए र तत्कालै उजुरीका लागि प्रहरीकहाँ पुगे ।

यो घटना सँगै मंगलबार नै प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्न खोज्ने धादिङका वेमान तामाङलाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका एसपी अशोक सिंहका अनुसार, उनलाई प्रहरीले ग्राहक कुरिबसेको अवस्थामा स्वयम्भू स्थित हलचोकबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ किलो नक्कली सुन पनि नियन्त्रणमा लिएको छ । परिसरका एसपी अशेक सिंह भन्छन् – अहिले राजधानी लगाएत आसपासका जिल्लाहरुमा सुन जस्तै देखिने धातुलाई सुन भनेर ठगी गर्ने गिरोह बढेका छन् ।

डलर साट्ने भनि ठगी गर्ने ३ जना  पक्राउ

त्यस्तै डलर साट्ने भन्दै नोटको बन्डलको बीचमा कागज राखी ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नया वसपार्क, माछापोखरी , सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेशवाट फर्किएकाहरुलाई डलर लगायत अन्य विदेशी रकम वढिमा साटी दिने भनि ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्ने २ जना नै आफ्नै दाजुभाइ रहेका छन् ।

ठगीमा संलग्न ४ जना दाजुभाइ रहेको , ४ जना मध्ये १ जना हाल पनि सेन्टर जेलमा नै सजाय भोगिरहेको प्रहरीले जनाएका छन् । १ जना जेलवाट छुटेपछि गाँउमा वस्दै आईरहेको वुझिन आएको प्रहरीले जनाएको छ । उनीहरुले स्वयम्भुवाट ५ तोलाको औठी , सामाखुसीवाट रु ४६ हजार , गौशालावाट ४ लाख समेत लुटपाट गरको प्रहरीले जनाएको छ ।

हाल नियन्त्रणामा लिईएका व्यक्तिहरु

जिल्ला सिन्धुली दुधौली हाल नेपाल टार वस्ने वर्ष ३३ को उमेश घिसिङ्ग

जिल्ला सिन्धुली दुधौलीनेपाल टार वस्ने प्रेम घिसिङ्ग

जिल्ला सिन्धुली दुधौली हाल जोरपाटी  वस्दै आएका वर्ष ३० का दानबहादुर तामाङ्

चोरी गर्दा गर्दे २ जना चोर पक्राउ

त्यस्तै वैशाख २ गते काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ९ दुर्गा नगर कोलेनी स्थित तर्क बहादुर कुवरको ३ तले घरको दोश्रो तलामा रहेको रञ्जनराम चौधरीको ३ वटा कोठामा चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न उनीहरु द्याजुभाइ रहेको प्रहरीको भनाइ छ । दोलखा शैलु्गश्री ४ भइ कलंकीमा बस्ने वर्ष ३५ का सुनिल श्रेष्ठ र वर्ष २६ का अर्जुन श्रेष्ठ रहेका छन् । उनीहरु ज्यामी पेशामा संलग्न थिए ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट सिभिल पोशाकमा खटीएको टोली र सि।आर।भि टोलीले कोठाको ताल्चा फुटाली भित्र प्रबेश गरी बक्स पलङ्गको घर्रामा रहेको सुनचादी तथा नगद समेत चोरी गरी फरार हुने क्रममा चोरी गर्ने ब्यक्तिहरू मध्ये २ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई खानतलासी खानतलासी गर्दा उनीहरूको साथमा रहेको सामसुङ्ग ग्यालेक्सी जे २ मोबाईल, कलर्स मोबाईल, नगद रु २८ हजार, ढोकाको ताल्चा फुटाउन प्रयोग भएको २ थान फलामे रड छिनोसमेत फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : ०० बजे

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक