वैशाख ११ बाट कांग्रेसको जागरण अभियान, सरकारविरुद्ध खबरदारी | Khabarhub Khabarhub

वैशाख ११ बाट कांग्रेसको जागरण अभियान, सरकारविरुद्ध खबरदारी



काठमाडौं– ‘हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेका गलत कामको जानकारी दिन र आफ्नो नेतृत्वमा गठन भएको सरकारको कामको जानकारी दिन भन्दै आगामी पुषसम्मका लागि जागरण अभियानको घोषणा गरेको छ ।

विभिन्न १४ वटा विषयमा सरकारविरुद्ध खबरदारी गर्न कांग्रेसले आयोजना गर्न लागेको जागरण अभियान बैशाख ११ लोकतन्त्र दिवसका दिनदेखि शुरु भएर पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिनसम्म हुनेछ ।

कांग्रेसले कुटनीतिक क्षेत्रमा सरकारले गरेको अपरिपक्व निर्णय, शेयर बजारप्रतिको नकारात्मक असर, बौद्धिक वर्गमाथि सरकारले गरेको व्यवहार, चिकित्सा शिक्षा क्षेत्रमा देखिएको अराजकता अन्त्य, निर्मला पन्त हत्या प्रकरण लगायतका महिला हिंसाका बारेमा सचेतना अभियान समेत चलाउने जनाएको छ ।

कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न ३ चरणमा जागरण अभियान सञ्चालन गरिने बताए । उनले बैशाख ११ देखि जेठ ११ सम्म १ महिना, भदौ २४ गते बीपीको जन्मजयन्तीको दिनदेखि शुरु भएर असोज ७ गते १५ दिन र पुष ७ गतेदेखि शुरु भएर १६ गते सकिने १० दिनसम्म जागरण अभियान चल्ने बताए ।

प्रवक्ता शर्माले कार्यक्रमको पहिलो दिन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि जाने र १ महिना त्यही बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु १५ दिन जिल्लामै बस्ने बताए । त्यस्तै तेस्रो चरणमा ५ सय ५३ वटा स्थानीय तहमा समेत १० दिन केन्द्रीय प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको उनले जनाए ।

काठमाडौंमा हुने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र अन्य जिल्लामा सम्बन्धित केन्द्रीय प्रतिनिधिले कार्यक्रमको उद्घाटन गर्नेछन् ।

कांग्रेसले कार्यक्रमलाई छरितो बनाउन भन्दै कार्यक्रमको ढाँचा समेत केन्द्रबाटै पठाएको छ । कांग्रेसले पठाएको ढाँचाअनुसार प्रमुख अतिथि र जिल्ला सभापति मात्रै आसन ग्रहणको व्यवस्था गरिएको छ ।

त्यस्तै दीर्घ जीवन रहने रुखमा पानी राखेर वा वत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने र पछि त्यो रुखलाई सुरक्षित स्थानमा लगेर रोप्ने व्यवस्था मिलाउन समेत सबै तहलाई सर्कुलर गरिएको छ । कांग्रेसले सबै जिल्लामा हुने कार्यक्रममा बढीमा ४ जनाले मात्रै मन्तव्य राख्ने व्यवस्था मिलाउन समेत सबै तहलाई सर्कुलर गरेको छ ।

कार्यक्रमको व्यानर समेत एउटै प्रकृतिको रहने बताएको कांग्रेसले जागरण अभियानबाटै कार्यक्रमका अतिथिलाई दिइने व्याज वितरणको कार्यक्रम हटाउने जनाएको छ ।

कार्यक्रमबारे कांग्रेस उपसभापति विलेन्द्र निधिले भने ‘कार्यक्रम नै जागरण अभियान भएका कारण कांग्रेसले लिएका नीतिबारे जानकारी दिइने प्रमुख उद्देश्य हो । कांग्रेस नेतृत्वको सरकारकै बेला संविधान जारी भएको छ । चुनावमा हामी हा¥यौँ । जुन सरकार देशमा छ । दुई तिहाइको सरकार बनेको १ वर्ष विते पनि संघीयता प्रदेशहरुको अधिकार सरकारले दिएको छैन । स्थानीय तहलाई समेत बजेट दिएको छैन ।’

कांग्रेसले जागरण अभियानमार्फत् सरकारले गर्न नसकेका कारणबारे जानकारी गराउने प्रमुख उद्धेश्य रहेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए । जागरण अभियानमा धर्मका विषयमा समेत छलफल चलाउने कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले बताए ।

उनले कांग्रेसको झण्डामा रहेका ४ तारामध्ये एउटा ताराको उद्देश्य धार्मिक स्वतन्त्रता रहेको भन्दै जागरण अभियानमा समेत धर्मनिरपेक्षताका विषयमा जनतालाई जानकारी गराउने बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : ४४ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना