पत्रकार पक्राउको विरोध : पत्रिका कालो कोलममा, अनलाइनमा कालो ब्यानर « Khabarhub

पत्रकार पक्राउको विरोध : पत्रिका कालो कोलममा, अनलाइनमा कालो ब्यानर


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी पक्राउ गरिएकोमा विरोधमा पत्रकार महासंघ कास्कीले बुधबार पोखराबाट प्रकाशित हुने सबै पत्रिका कालो कोलममा प्रकाशित गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा बिहान ६ बजे करिब डेढ मिनेट समय प्रशारण बन्द गर्ने र अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको हाे ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यस विषयमा अनुसन्धान जारी राख्दै  उनलाई  गएराति तारेखमा रिहा गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन