टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने ‘फेरारी’ लिएर फरार « Khabarhub

टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने ‘फेरारी’ लिएर फरार


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी– टेष्ट ड्राइभका लागि भन्दै करोडौं पर्ने फेरारी चोरी भएको छ । जर्मन शहर डसलडर्फमा टेष्ट ड्राइभका लागि भन्दै फेरारी लिएर गएका मानिस फरार भएका हुन् ।

सन् १९८५ मा निर्माण भएको फेरारी २८८ जीटीओ चोरी भएको हो। चोरी भएको फेरारीको मूल्य २ करोड २० लाख अमेरिकी डलर पर्ने जनाइएको छ । शुरुमा ट्याक्सी चढेर आएको ग्राहकले टेष्ट ड्राइभका लागि विक्रेताका प्रतिनिधि फेरारीबाट ओर्लिनेबित्तिकै ग्राहक फेरारी लिएर भागेका थिए ।

चोरिएको फेरारी केही घण्टापछि एउटा ग्यारेजमा फेला परेको थियो । चोरी भएको फेरारी सन् १९९५ देखि १९९९ सम्म फर्मुला वानका चालक उत्तरी आयरल्याण्डका एडी एर्विनले प्रयोग गरेको जनाइएको छ । यद्यपि चोरलाई भने प्रहरीले तीब्र रुपमा खोजी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ८ : ५४ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको