सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका « Khabarhub

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो ।

यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । ‘कूल २८ विद्यालयमध्ये १६ प्राथमिक, पाँच आधारभूत र सात माध्यमिक विद्यालय छन्’, दाहालले भने, ‘लगभग दुई हजार २०० बालबालिका यहाँको सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन्, जसमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।’

‘गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बाहिर छैनन्, सोही आधारमा सबै बालबालिका विद्यालयमा आएको घोषणासमेत भइसकेको छ’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भने, ‘यहाँभित्र दुई स्रोतकेन्द्र छन् । यहाँका पाँच विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम छ ।’ उनका अनुसार विद्यालय उमेरका विद्यार्थी नभएका कारण टुंगुन प्राविमा सात, चनदेवी प्राविमा छ, रिङ्गीन प्राविमा १८, नमूना प्रावि र बाल प्राविको आँकडा अति निराशाजनक छ भने जनजागृत प्राविमा विद्यार्थीनै छैनन् ।

यी विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्न शिक्षा शाखाले सम्बन्धित वडा कार्यालयको राय सल्लाह माग्नुका साथै थप स्थलगत अध्ययनसमेत गरिरहेको छ । वस्तुगत अवस्थाका आधारमा विद्यालय समायोजन गर्ने, सार्ने अर्थात् बन्द गर्ने कुन रणनीति अपनाउँदा राम्रो हुन्छ सोही उपाय अपनाई जेठको अन्तिमसम्म यी विद्यालयलाई के गर्ने भन्ने टुङ्गोमा पुर्‍याइने बताइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ९ : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन