आयाक्स लिग च्याम्पियन « Khabarhub

आयाक्स लिग च्याम्पियन


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आयाक्सले घरेलु लिगको उपाधि हात पारेको छ ।

बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी–ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयाक्ले उपाधि उचालेको हो । योसँगै आयाक्सले सन् २०१४ पछि पहिलो पटक लिग च्याम्पियन भएको हो ।

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा टोटनह्यामसँग पराजित भएको थियो । लासे शान र निकोलस ट्यागलियाफिको पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थियो ।

यस्तै, दोस्रो हाफमा टाडिक दुई गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाए । जीतसँगै लिग च्याम्पियन बनेको आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्न सफल भयो । उपविजेता बनेको पीएसभीले ८३ अंक जोडेको थियो ।

यो सिजनको अन्त्यसँगै अयाक्सका स्टार मिडफिल्डर फ्रेन्की डे जोङ यो सिजनको अन्त्यसँगै ६५ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोना जाने तयारीमा छन् । कप्तानसहित युवा खेलाडीले पनि या्े सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १२ : ०७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या