आयाक्स लिग च्याम्पियन « Khabarhub

आयाक्स लिग च्याम्पियन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आयाक्सले घरेलु लिगको उपाधि हात पारेको छ ।

बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी–ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयाक्ले उपाधि उचालेको हो । योसँगै आयाक्सले सन् २०१४ पछि पहिलो पटक लिग च्याम्पियन भएको हो ।

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा टोटनह्यामसँग पराजित भएको थियो । लासे शान र निकोलस ट्यागलियाफिको पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थियो ।

यस्तै, दोस्रो हाफमा टाडिक दुई गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाए । जीतसँगै लिग च्याम्पियन बनेको आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्न सफल भयो । उपविजेता बनेको पीएसभीले ८३ अंक जोडेको थियो ।

यो सिजनको अन्त्यसँगै अयाक्सका स्टार मिडफिल्डर फ्रेन्की डे जोङ यो सिजनको अन्त्यसँगै ६५ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोना जाने तयारीमा छन् । कप्तानसहित युवा खेलाडीले पनि या्े सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ०७ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना