आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले जानकारी दिए । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले बताए । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ छ ।

राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।

पूवानुमान महाशाखाले गरेको ३ दिनको मौसम अनुमान यस्तो छ

जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशको पूर्वी भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलिरहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भु-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भु-भागमा आंशिक बदलिरहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ।

जेष्ठ ०३ गते (शुक्रबार):

दिउँसो: देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलिरहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०४ गते (शनिबार):

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदलिरहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलिरही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : ०४ बजे

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना