उद्योगमन्त्री यादवले दिएको निर्देशन ‘गैरकानूनी’ | Khabarhub Khabarhub

उद्योगमन्त्री यादवले दिएको निर्देशन ‘गैरकानूनी’


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जारी गरेको एक निर्देशन गैरकानून भएको मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बताएकी छन् ।

सचिव खतिवडाका अनुसार दुतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि मन्त्री यादवले दिएको निर्देशन कानूनसम्मत देखिँदैन ।

कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले पनि मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्विकार गरे ।

बिहीबार संघीय संसदको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा दुवैजनाले मन्त्री यादवको निर्देशन गैरकानूनी भएको स्वीकार गरेका हुन् ।

मन्त्री यादवले २७ असार २०७५ मा आफ्नो निजी सचिवालयमार्फत् कम्पनी रजिष्ट्रारको कार्यालयलाई शेयरको अभिलेख राख्ने व्यवस्था अदालत र राजदुताबासहरुमा पनि गर्न भनेर निर्देशनात्मक पत्र पठाएका थिए ।

मन्त्री यादवको उक्त निर्देशन गैरकानूनी रहेको भन्दै संघीय संसदको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उजुरी परेको थियो । सोही उजुरीका विषयमा छलफल गर्ने क्रममा बिहीबार अधिकारीहरुले उद्योगमन्त्रीले त्यस्तो निर्देशन दिन पाउने कानूनी अधिकारी नभएको पनि बताए ।

उद्योग सचिव खतिवडाले कम्पनी ऐनमा कहिँकतै उल्लेख नभएको विषयमा दिइएको निर्देशनलाई कानुनसम्मत भन्न नमिल्ने बताइन् ।

त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार अर्यालले मन्त्री यादवले निर्देशन दिएपछि आफूहरुले त्यसलाई कार्यान्वयनका लागि सबै ठाउँमा परिपत्र गर्नु परेको बताए । तर, मन्त्री यादवको निर्देशन पछि अदालत र राजदुताबासबाट ३–३ ओटा भन्दा बढी सेयर अभिलेख नभएको कम्पनी रजिष्ट्रार अर्यालले बताए ।

बैठकमा समितिका सदस्यहरुले मन्त्री यादवको सो निर्देशन कानुन विपरित भए÷नभएको सचिव खतिवडालाई प्रश्न गरेका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले कम्पनी रजिष्ट्रारको कार्यालयले गर्ने सेयरको सनाखत सम्बन्धी काम किन अदालत र राजदुतावासलाई पनि दिइएको भनि प्रश्न गरेका थिए ।

कम्पनी ऐन अनुसार सेयरको सबै अभिलेख कम्पनी रजिष्ट्रारको कार्यालयमा राख्नुपर्ने हुन्छ । तर, मन्त्री यादवले अदालत र राजदूतावासमा पनि राख्न दिएको निर्देशन गैरकानूनी भएको दावी गर्दै उजुरी कर्ताले त्यसलाई खारेज गर्न माग गर्दै सो समितिमा उजुरी दिएका थिए ।

सो उजुरीमाथि सम्बन्धित निकायसँग छलफल गर्ने काम सुरु गरिएको र मन्त्री यादवसँग स्पष्टिकरण लिएपछि सो सम्बन्धमा आवश्यक निर्देशन दिने तयारी गरिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

यो पनि पढौं

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : २९ बजे

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका