एसिड आक्रमण गर्ने भुजेलको बयान– श्रीमतीको ब्यवहारले रिस थाम्न सकिनँ « Khabarhub

एसिड आक्रमण गर्ने भुजेलको बयान– श्रीमतीको ब्यवहारले रिस थाम्न सकिनँ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले अपराध स्वीकार्दै प्रहरीसमक्ष बयान दिएका छन् ।

उनले श्रीमतीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको आशंकाले रिस थाप्न नसकी एसिड प्रहार गरेको प्रहरी समक्ष बयान दिएका हुन् ।एसिड प्रहार भएको केही समयमै भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो । उनले प्रहरीसँगको बयानका क्रममा उनले पटक–पटक श्रीमतीलाई सँगै बस्न जति फकाउँदा पनि नमानेपछि आफू आक्रोशमा आएको बताएका छन् ।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। बुधबार राति सवा ८ बजेतिर बाटोमा हिडिँरहेकी जेनीमाथि एसिड हमला भएको थियो। बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ५३ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा