सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कहाँ को पुगे ? « Khabarhub

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कहाँ को पुगे ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृहमन्त्रालयले १९ नायब प्रहरी महानिरीक्षक (डीआईजी)को सरुवा गर्दे विभिन्न कार्यालयका प्रमखुहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयले प्रदेश १ मा डिआईजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेशमा ५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा गरेको हो ।

प्रदेश २, ५, कर्णली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआईजीको सरुवा भएको छ ।  प्रदेश ३ मा सरुवा हुँदा डिआईजी शेरबहादुर बस्नेतले दोस्रो पटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिना माए उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्वन सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।

त्यस्तै, विशेष ब्यूरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुस्नधान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास सनर्देशनालयमा सरुवा भएको छ ।

प्रदेश २ का डीआईजी हरि पाल विशेष ब्यूरोको प्रमुख भएका छन् । सुदूरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ कापीताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।

जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलार्य जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेलको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालका प्रमुख महेशविक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : १८ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया