प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमण पूरा गरी आज (आइतबार) स्वदेश फर्कंदै छन् । जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएको प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्कने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संयोजक अधिकारीका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नेछन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २२ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला