६ महिनाका लागि कोरिया बस्ने विदेशीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने « Khabarhub

६ महिनाका लागि कोरिया बस्ने विदेशीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया सरकारले विदेशी श्रमिक र ६ महिनाभन्दा बढी अवधिको भिसामा आउने विदेशी नागरिकका हकमा स्वास्थ्य बीमा सेवा अनिवार्य गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा सेवा (एनएचआईएस)का अनुसार १६ जुलाईदेखि यो नियम लागू हुने बताइएको छ । जस अनुसार कोरियामा बसोबास गर्ने प्रवासी कोरियनलगायत सम्पुर्ण विदेशीहरुले प्रति महिना ११०००० वन (९३ अमेरिकी डलर) भन्दा बढी रकम तिर्नुपर्ने अनिवार्य स्वास्थ्य बीमा सेवामा खर्च गर्नुपर्ने भएको छ ।

लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने, तर बीमा शुल्क नतिरि जाने क्रमलाई रोक्न सबैलाई बीमा योजनामा अनिवार्य गर्न लागिएको राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै  योनहपले समाचार लेखेको छ ।

अहिलेसम्म रोजगारीका लागि आउने विदेशीलाई मात्र स्वस्थ्य बीमा अनिवार्य गरिएको छ । अन्यलाई यस्तो व्यवस्था वैकल्पिक सुबिधाको रुपमा व्यवस्था गरिएको थियो ।

एनएचआईएसले अब भने सबै विदेशी विद्यार्थी र दक्षिण कोरियाली नागरिकसँग विवाह गर्ने सबै विदेशी नागरिकका हकमा बीमा योजनामा सामेल हुनुपर्ने बताइएको छ । यस नयाँ अनिवार्य बीमा कार्यक्रमले कोरियमा रहेका करिब ४ लाख विदेशीहरूलाई असर गर्ने सम्भव देखिन्छ ।

कोरियाको समाचार एजेन्सी योङहपका अनुसार २०१९ मा दक्षिण कोरियामा रहेका विदेशीहरूको संख्या गत वर्ष करिब २३ लाख ७० हजार पुगेको थियो । जुन पछिल्लो वर्ष भन्दा ८.६ प्रतिशतले बढी भएको योङहपमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : १२ बजे

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल