बिकिनी तस्वीरको चक्करमा रद्द भयो यी मोडलको डाक्टरी लाइसेन्स | Khabarhub Khabarhub

बिकिनी तस्वीरको चक्करमा रद्द भयो यी मोडलको डाक्टरी लाइसेन्स


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


म्यानमार – ग्ल्यामर फोटो पोस्ट गर्दा एक मोडलको डाक्टरको लाइसेन्स खारेज भएको छ । नाङ मे सान नामक एक मोडलको लाइसेन्स खारेज भएपछि उनले व्यक्तिगत स्वतन्त्रताको हनन भएको आरोप लगाएकी छिन् ।

तस्वीरमा नाङ बोल्ड देखिएकी थिइन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टाइल नक्कल गरेकी थिइन् । डाक्टरको यो लूक म्यानमार मेडिकल काउन्सिललाई आपत्तिजनक लाग्यो । जसकारण काउन्सिलले उनको लाइसेन्स रद्द गर्ने निर्णय ग–यो ।

काउन्सिलले पत्र पठाउँदै यो म्यानमारको संस्कृतिको विरुद्ध भएको बताएको छ । नाङले सन् २०१७ देखि मोडलिङ गरिरहेकी छिन् । साथै उनले पाँच वर्षदेखि डाक्टर पढ्दै आएको विदेशी मिडियाले लेखेका छन् ।

उनले मेडिकल क्षेत्रमा ड्रेस कोडको कुनै पाबन्दी नभएकाले आफूले इच्छाअनुसारको कपडा लगाउने गरेको बताउँदै आएकी छिन् । उनले काउन्सिलको पत्रलाई अस्वीकार गर्ने पनि बताएकी छिन् । एजेन्सीका अनुसार उनी यसविरुद्ध मुद्दा दर्ता गर्ने योजनामा छिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ४० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास