बिकिनी तस्वीरको चक्करमा रद्द भयो यी मोडलको डाक्टरी लाइसेन्स « Khabarhub

बिकिनी तस्वीरको चक्करमा रद्द भयो यी मोडलको डाक्टरी लाइसेन्स


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


म्यानमार – ग्ल्यामर फोटो पोस्ट गर्दा एक मोडलको डाक्टरको लाइसेन्स खारेज भएको छ । नाङ मे सान नामक एक मोडलको लाइसेन्स खारेज भएपछि उनले व्यक्तिगत स्वतन्त्रताको हनन भएको आरोप लगाएकी छिन् ।

तस्वीरमा नाङ बोल्ड देखिएकी थिइन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टाइल नक्कल गरेकी थिइन् । डाक्टरको यो लूक म्यानमार मेडिकल काउन्सिललाई आपत्तिजनक लाग्यो । जसकारण काउन्सिलले उनको लाइसेन्स रद्द गर्ने निर्णय ग–यो ।

काउन्सिलले पत्र पठाउँदै यो म्यानमारको संस्कृतिको विरुद्ध भएको बताएको छ । नाङले सन् २०१७ देखि मोडलिङ गरिरहेकी छिन् । साथै उनले पाँच वर्षदेखि डाक्टर पढ्दै आएको विदेशी मिडियाले लेखेका छन् ।

उनले मेडिकल क्षेत्रमा ड्रेस कोडको कुनै पाबन्दी नभएकाले आफूले इच्छाअनुसारको कपडा लगाउने गरेको बताउँदै आएकी छिन् । उनले काउन्सिलको पत्रलाई अस्वीकार गर्ने पनि बताएकी छिन् । एजेन्सीका अनुसार उनी यसविरुद्ध मुद्दा दर्ता गर्ने योजनामा छिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ४० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन