जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी | Khabarhub Khabarhub

जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविधुत आयोजनाको निर्माणमा प्रयोग भएका स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ पिङ्गलाको भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको गरेको हो ।

अज्ञात समूहले निर्माण क्षेत्रमा रोकर राखिएको स्काभेटरमा शनिबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार स्काभेटर आगजनी गरिएको क्षेत्रमा प्रेसर कुकर बम समेत फेला परेको छ ।

आगजनी भएका स्काभेटरबारे बुझ्न गएको प्रहरीको टोलीले घटनास्थलमा प्रेसर कुकर बम राखिएको देखेपछि डिस्पोजका लागि सेनालाई खबर गरिएको छ ।
उक्त बम डिस्पोज गर्न सुनसरीको इटहरीबाट नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका