सांसदको आरोप– ४ लाख ४० हजार विघा जमिन दिउँसै डकैती गरेर गुठी बनाइएको थियो | Khabarhub Khabarhub

सांसदको आरोप– ४ लाख ४० हजार विघा जमिन दिउँसै डकैती गरेर गुठी बनाइएको थियो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद मेटमणि चौधरीले किसानका जग्गा खोसेर गुठीहरु स्थापित गरिएका कारण त्यसलाई किसानलाई नै फिर्ता गर्नुपर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा सांसद चौधरीले यसरी जनताबाट खोसेर बनाइएको गुठीको जग्गा गरीब किसानलाई फिर्ता गर्नुपर्ने माग गरे ।
तत्कालिन शासकले डकैतीको शैलीमा गरीब जनताको जग्गा गुठीका नाममा ल्याएर सामन्ती शासन चलाएको उनको भनाइ थियो ।

‘दिउँसै डकैत गरेर गुठी बनाइएको जमिन जनताहरुकै थियो’सांसद चौधरीले भने,‘ देशैभरी ४ लाख ४० हजार ९ सय ९० विघा क्षेत्रफल जमिन यसरी नै गुठी भएको हो ।’

नेपालमा २०४६ साल भन्दा अघि सामन्ती राज्य व्यवस्था रहेको र त्यसलाई बलियो बनाउन तत्कालिन शासकले पूरा गाउँ नै हडपेको र जनतालाई रैति बनाएको उनको भनाइ थियो ।

दाङ जिल्लामा स्वर्गद्वारी गुठी रतननाथ गुठी अम्बिेश्वर गुठी शिवप्रसादेश्वर महादेश गुठी लगायत दर्जनौं गुठीहरु रहेको उल्लेख गर्दै उनले ति सबै जमिक किशानकै भएको बताए ।

‘स्वर्गद्वारी गुठी २०२८ सालसम्म किसानको थियो । राजा महेन्द्रले २५ विघाको हदबन्दीको कुरा ल्याएपछि २८ सालपछि एकै रातमा डकैकीको शैलीमा किसानको नामबाट स्वर्गद्वारी गुठी हुन पुग्यो’ सांसद चौधरीले भने,‘ दाङको काउले गाउँ २६ साल अघि किसानको नाममा थियो २६ पछि अम्बिेकेश्वरको गुठीको नाममा छ ।’

गुठी बापत अहिले किसानहरुले एक कठ्टठाको एक सय २० रुपैयाँ कुतको रुपमा बुझाउने गरेको तर त्यहाँ त्यति उत्पादन नै नहुने उनको भनाइ थियो ।

त्यस्तै दोलखाको भेट्पु गाविसमा जनताको बसोबासा रहेको र जनताको नाममा दुई नम्बर रसिद समेत भएको अवस्थामा १९५० पछि पूरै त्यो गाविस नै भीमेश्वर गुठीको रुपमा रहन गएको भन्दै उनले त्यसपछि त्यहाँका जनताले गुठीयारलाई धेरै कुरा बुझाउन बाँध्य भएको बताए ।

‘त्यहाँका बासिन्दाले बडा दशैको समयमा १७ पाथी चार माना घ्यू, ठूला ठूला दुईवटा राँगा,७७ वटा बोका २२९ मुरी धान २८८ मुरी बराबर पैसा र पुजासामाग्री गुठियारलाई दिन थाले त्यो क्रम २०३५ सालसम्म रहन गयो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ५६ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज