सांसदको आरोप– ४ लाख ४० हजार विघा जमिन दिउँसै डकैती गरेर गुठी बनाइएको थियो « Khabarhub

सांसदको आरोप– ४ लाख ४० हजार विघा जमिन दिउँसै डकैती गरेर गुठी बनाइएको थियो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद मेटमणि चौधरीले किसानका जग्गा खोसेर गुठीहरु स्थापित गरिएका कारण त्यसलाई किसानलाई नै फिर्ता गर्नुपर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा सांसद चौधरीले यसरी जनताबाट खोसेर बनाइएको गुठीको जग्गा गरीब किसानलाई फिर्ता गर्नुपर्ने माग गरे ।
तत्कालिन शासकले डकैतीको शैलीमा गरीब जनताको जग्गा गुठीका नाममा ल्याएर सामन्ती शासन चलाएको उनको भनाइ थियो ।

‘दिउँसै डकैत गरेर गुठी बनाइएको जमिन जनताहरुकै थियो’सांसद चौधरीले भने,‘ देशैभरी ४ लाख ४० हजार ९ सय ९० विघा क्षेत्रफल जमिन यसरी नै गुठी भएको हो ।’

नेपालमा २०४६ साल भन्दा अघि सामन्ती राज्य व्यवस्था रहेको र त्यसलाई बलियो बनाउन तत्कालिन शासकले पूरा गाउँ नै हडपेको र जनतालाई रैति बनाएको उनको भनाइ थियो ।

दाङ जिल्लामा स्वर्गद्वारी गुठी रतननाथ गुठी अम्बिेश्वर गुठी शिवप्रसादेश्वर महादेश गुठी लगायत दर्जनौं गुठीहरु रहेको उल्लेख गर्दै उनले ति सबै जमिक किशानकै भएको बताए ।

‘स्वर्गद्वारी गुठी २०२८ सालसम्म किसानको थियो । राजा महेन्द्रले २५ विघाको हदबन्दीको कुरा ल्याएपछि २८ सालपछि एकै रातमा डकैकीको शैलीमा किसानको नामबाट स्वर्गद्वारी गुठी हुन पुग्यो’ सांसद चौधरीले भने,‘ दाङको काउले गाउँ २६ साल अघि किसानको नाममा थियो २६ पछि अम्बिेकेश्वरको गुठीको नाममा छ ।’

गुठी बापत अहिले किसानहरुले एक कठ्टठाको एक सय २० रुपैयाँ कुतको रुपमा बुझाउने गरेको तर त्यहाँ त्यति उत्पादन नै नहुने उनको भनाइ थियो ।

त्यस्तै दोलखाको भेट्पु गाविसमा जनताको बसोबासा रहेको र जनताको नाममा दुई नम्बर रसिद समेत भएको अवस्थामा १९५० पछि पूरै त्यो गाविस नै भीमेश्वर गुठीको रुपमा रहन गएको भन्दै उनले त्यसपछि त्यहाँका जनताले गुठीयारलाई धेरै कुरा बुझाउन बाँध्य भएको बताए ।

‘त्यहाँका बासिन्दाले बडा दशैको समयमा १७ पाथी चार माना घ्यू, ठूला ठूला दुईवटा राँगा,७७ वटा बोका २२९ मुरी धान २८८ मुरी बराबर पैसा र पुजासामाग्री गुठियारलाई दिन थाले त्यो क्रम २०३५ सालसम्म रहन गयो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ५६ बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको