नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौता पुनरावलोकनलाई बेलायतले सहज रुपमा स्वीकारेन | Khabarhub Khabarhub

नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौता पुनरावलोकनलाई बेलायतले सहज रुपमा स्वीकारेन


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् ।

अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल र फलदायी भएको बताए ।

उनले भने, “हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।”

नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आजको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढ्न चाहेको विचार र सोच बेलायतसँग राखेको प्रधानमन्त्रीको भनाइ थियो ।

बेलायती प्रधानमन्त्री टेरिजा मेसँग आफूले यसबारेमा कुरा रोखेको ओलीको भनाइ थियो । तर यसलाई बेलायतले सहज रुपमा भने स्वीकार नगरेको ओलीले बताए । विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने,‘युकेमा प्रधानमन्त्री टेरेजा मेसँग हामीले हाम्रो विचार, हाम्रो सोच यो हो भन्यौं । तर, त्यो कुरामात्रै संयुक्त वक्तव्यमा आउँछ, जो दुबै पक्षले उत्तिकै सजिलोसँग स्वीकारेको हुन्छ । त्यो नभइसकेको अवस्थामा दुईपक्षीय संयुक्त वक्तव्यमा आउँदैन ।’

बेलायतले यसलाई सहज रुफमा स्वीकार नगरेका कारणा संयुक्त वक्तव्यमा नआएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अहिले को आवश्यकतालाई निर्देशित गर्ने अवस्था त्यो बेलाको सम्झौतामा नरहेकोले दुई पक्षीय सहमतिमा जान सकिने बताए । ‘सन् १९४७ को त्रिपक्षीय सम्झौता धेरै पुरानो भयो’ ओलीले भने,’त्यसले आजका हाम्रा आवश्यकतालाई निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण यसलाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन, हामी दुई पक्षीय सहमतिहरुमा जान सक्छौं ।’

आफूहरु सम्झौता पुनरावलोकन हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै ओलीले भने ‘समग्र पुनरावलोकनको पक्षमा हामी छौं, कसरी अगाडि बढ्ने भन्ने कुरामा छौं,’ प्रधानमन्त्रीले भने, ‘यो कुनै भन्न नहुने वा लुकाइएको कुरा होइन । कुनै आवेश, उत्तेजनाको विषय होइन ।’

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने,“हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।”

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ०० बजे

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

ढाका– बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत

काठमाडौं– हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’ 

काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ