लोकसेवाप्रति रहेको जनविश्वासलाई गुम्न दिन हुँदैन– राष्ट्रपति « Khabarhub

लोकसेवाप्रति रहेको जनविश्वासलाई गुम्न दिन हुँदैन– राष्ट्रपति


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको कामकारवाहीको खुलेर प्रशंशा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गरिन् ।

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोह राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माण गर्न सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गराइन् । लोक सेवा आयोगले परीक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेको पनि राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिन् ।

त्यस अवसरमा उहाँले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति तथा प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गरिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : १८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट