सार्वजनिक सवारीमा लुटपाट गर्ने ८२ जना पक्राउ | Khabarhub Khabarhub

सार्वजनिक सवारीमा लुटपाट गर्ने ८२ जना पक्राउ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अभियानका क्रममा सवारीसाधनमा पाकेट मार्ने तथा चारी गर्ने ८२ जना पक्राउ परेका छन् ।

परिसरले आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक सवारीमा यात्रुहरुको साथबाट नगद, मोबाइल तथा गरगहना चोरी तथा लुटपाट गर्दै गरेको अवस्थामा ८२ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रकाउ पर्नेमा ७८ जना पुरुष र ४ जना महिला रहेका छन ।

जेठ १ देखि ३२ गतेसम्म सञ्चालन भएको अभियानका क्रममा सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुलाई लुटपाट तथा चोरी गर्दै गर्दाको अवस्थामा पक्राउ गरेको थियो ।

सार्वजनिक बसहरुमा २–२ जनाको दरले ६ जनाको समूह बनाइ बसभित्र छिर्ने र पैसा भएको यात्रु पहिचान गरी घेराबन्दी गरेर ठेलमठेलको अवस्था सिर्जना गरी पाकेट मार्ने गरेको पाइएको छ । पकेटमारहरुले विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ६ लाखभन्दा बढी नगद बरामद गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको महानगरीय प्रहरी रिसर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

रिङरोड क्षेत्रमा सबैभन्दा बढी पाकेटमार सक्रिय हुने गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : १४ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले