यसकारण बढ्यो काठमाडौंमा गर्मी | Khabarhub Khabarhub

यसकारण बढ्यो काठमाडौंमा गर्मी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — शनिवारदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । मौसमी प्रणाली बंगालको खाडी आसपासमा रोकिएपछि मनसुन आउन ढिलाइ भइरहेको छ जसका कारण गर्मी बढेको छ ।

जलवाष्पयुक्त वायु बंगालको खाडीबाट नआएका कारण वायुको प्रवाह कम भएको र बादल लाग्न नसक्दा वर्षा पनि नभएको र त्यसका कारण गर्मी बढेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार मनसुन बंगालको खाडी छेउछाउमै अड्किएको छ । यो प्रणाली उत्तर तिर सर्दै आउनु पर्नेमा उतै रोकिएको अर्यालले बताए ।
त्यस्तै पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको उनको भनाइ छ ।

काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीनरचार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

शनिवार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको थियो ।

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ३७ बजे

आजका समाचार : कांग्रेससँग मिल्दा एमाले खुसी, माओवादीद्वारा सरकारको आलोचना र तिब्बतमा भूकम्पले ९५ जनाको ज्यान गयो

एमालेको निष्कर्ष : कांग्रेससँग मिलेपछि राजनीतिक स्थायित्वको आशा जाग्यो सत्ताको

छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’ टिम

काठमाडौं – गायक प्रकाश सपुतको अभिनय रहने फिल्म ‘सोल्टिनी’को छायाङ्कन

‘बर्मादेखि अफगानिस्तानसम्म ठूलो भूकम्पको शक्ति सञ्चय भएको छ’

काठमाडौं- चीनको तिब्बतमा मंगलबार बिहानै ठूलो भूकम्प गयो । सबेरै

माओवादीले पारित गर्‍यो १६ बुँदे प्रस्ताव, सरकारको कडा विरोध

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक

एमालेको दस्तावेज : कसैले यस्तो नलेखोस् !

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको तीनदिने बैठक मंगलबार सकिएको छ