ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी « Khabarhub

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा रहेका नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनका विद्यार्थीहरूले सामाजिक सेवाअन्तर्गत एक दिन ट्राफिक स्वयंसेवकका रूपमा सेवा दिएका छन्।

विद्यालयमा कक्षा १० मा अध्ययनरत ५३ जना छात्र–छात्राले सोमबार नारायणगढका विभिन्न व्यस्त सडक तथा चोकमा ट्राफिक प्रहरीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापनमा सहयोग गरेका हुन्।

विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार एसईईपछि विद्यालय छाड्न लागेका विद्यार्थीहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने व्यवहार विकास गराउने उद्देश्य राखिएको उनले बताए।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई नेपाल प्रहरीको दैनिक कामकारबाही, अपराध अनुसन्धान, कानुनसम्बन्धी आधारभूत जानकारी, सवारी तथा यातायात व्यवस्थापनका महत्वपूर्ण प्रावधान, ट्राफिक नियम, कारबाही र जरिवानासम्बन्धी विषयमा जानकारी दिइएको थियो। साथै सवारी दुर्घटना न्यूनीकरणमा जिम्मेवार नागरिकको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा पनि प्रशिक्षण प्रदान गरिएको थियो।

सचेतना कक्षामा सहभागी विद्यार्थीहरूले ट्राफिक प्रहरीसँगै सडकमा खटिएर स्वयंसेवकका रूपमा काम गरेका थिए। उनीहरूले सवारी नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्न सहयोग गर्ने, जेब्राक्रसिङबाट पैदलयात्रीलाई बाटो काट्न सहयोग गर्ने तथा सडक प्रयोगकर्तालाई सुरक्षित रूपमा सडक प्रयोग गर्न सचेतना दिने जस्ता काम गरेका थिए।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, विद्यालयका समादेशक रोशन थापा, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अनुशासन, सामाजिक व्यवहार र अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनले विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म भर्ना पनि खुला गरेको जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ५ : ४४ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस