व्यक्तित्वको प्रभाव आवाजमा पनि हुन्छ, कसरी बनाउने दम्दार आवाज ? « Khabarhub

व्यक्तित्वको प्रभाव आवाजमा पनि हुन्छ, कसरी बनाउने दम्दार आवाज ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्व लुवाई खुवाईसँगै बोलीचालीमा पनि विशेष निर्भर रहन्छ । तपाईं आफुलाई भलात्मी र बोल्ड रुपमा प्रस्तुत गर्न चाहनु हुन्छ भने आवाजलाई पनि ध्यान दिनु होला । आवाजले पनि मानिसको व्यक्तित्वलाई प्रभाव पर्दछ ।

तपाईं यदि रेडियोमा उद्घोषक बन्न चाहनु हुन्छ भने वा नयाँ ठाउँमा आफ्नो दबदबा बनाउन चाहनु हुन्छ भने भारी आवाजमा बोल्दा तपाईंका लागि सहयोगी बन्न सक्छ । कसरी आवाजलाई सुमधुर र बोल्ड बनाउने भन्ने विषयमा थुप्रै जानकारी छन् । यद्यपि, केही अध्ययनबाट के कुरा पत्ता लागेको छ भने श्वासलाई नियन्त्रणमा लिन सक्नु र यसमा कर पाउनु उत्तम उपाय देखिएको छ । आवाजलाई सुमधुर र भारी बनाउनका लागि अपनाउन सकिने केही उपायबारे जानकारी राखौँ ।

१. आजावलाई प्रोजेक्ट गर्नु

क) सिसाको अगाडि उभिएर बोल्नुहोस्

सिँधै उभिनुहोस् र आफ्नो बोल्ने बानीको विकास गरिरहनुस् । तपाईं आफ्नो नाम आफैँ उच्चारण गरेर सुन्नुहोस् । यसका साथै तपाई कुनै पनि पुस्तक वा समाचार पत्रको केही पन्ना पढ्ने गर्नुहोस् । आफ्नो आवाजको भोल्युम, टोन, सास तथा विशेष गरी आवाजको पिचमा ध्यान दिनु होला ।

ख) गलालाई आराम दिनुहोस्

तपाईंले सामान्यभन्दा धिमा आवाजमा बोल्ने प्रयास गर्नु भयो भने आवाज बिचमा टुट्ने सम्भावना कम हुन्छ । गलालाई जति आराम दिन सक्नुहुन्छ, त्यति दिनुहोस् । जसले गर्दा तपाईको भोकल कर्डस कसिलो बन्न पाउँदैन ।

ग) वाचनको अभ्यास

आफुलाई मन पर्ने किताब वा लेखको कुनै पन्ना छान्नुहोस् । उक्त पन्नामा लेखिएका वाक्यहरुलाई बिस्तारै धिमा आवाजले पढ्ने प्रयास गर्नुहोस् । यदि तपाईंले छिटो छिटो पढ्नु भयो भने तपाईंले आफ्नो आवाजले शब्दहरुलाई टिप्न नसकेको र कमजोर महसुस गर्नु हुनेछ । पेटबाट श्वास लिँदै पढ्ने अभ्यास गर्नु भयो भने आवाजमा सुधार आउने छ ।

घ) गुनगुनाउने प्रयास गर्नुहोस्

गलाको भित्रबाट गुनगुनाउने अभ्यास गर्नुहोस् । यसो गर्दा तपाईंले ओठलाई खोल्नुहोस् र चिउडोलाई छातीको लेबलमा राखेर आवाजलाई सानो बनाउँदै लैजानुहोस् ।

२. सावधानी अपनाउनुहोस्

  • आवाजलाई तिखो तरिकाबाट जबरजस्ती सफा गर्ने प्रयास नगर्नुहोला । यसले तपाईंको समयसँगै आवाज पनि बिग्रन सक्छ ।
  • तपाईंको आवाजमाथि दबाब हुने खालका आवाज ननिकाल्नु होला ।
  • तपाईंको आवाज चर्को खालको छ भने त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्नुहोस् । अथवा आवाजमा दबाब पर्ने खालको आवाजको प्रयास नगर्नु होला ।
  • यस्तै धेरै चिसो पानी पिउनाले पनि तपाईंको स्वर नली कसिन्छ अर्थात बस्न सक्छ । जसले तपाईंको आवाज बिग्रन सक्छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : २४ बजे

सहमतिको मसी नसुक्दै रास्वपासँग बिच्किए कुलमान, दोस्रो तह नेता एकता भाँड्न सक्रिय भएको आरोप

काठमाडौं– उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको

यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव

दुबई– साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

बरहथवा– सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री