गण्डकी प्रदेशको बजेट : ३२ अर्ब १३ करोड ४७ लाख | Khabarhub Khabarhub

गण्डकी प्रदेशको बजेट : ३२ अर्ब १३ करोड ४७ लाख


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६/७७ का लागि गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट बिनियोजना गरेको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको छ । गण्डकी प्रदेशलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १२ अर्ब ४६ करोड ३० लाख रुपैयाँ परेको छ । यो रकम चालु वर्षको भन्दा ८१ करोड रुपैयाँ कम हो ।

मध्यमकालीन खर्च संरचनाले २१ अर्व १२ करोड रुपैयाँ नेपाल सरकारले अनुदान दिने अनुमान गरेको थियो । तर अनुमान भन्दा झण्डै १० अर्व कम अनुदान पाएको छ । यसलाई मुल्यांकन गर्दा चालू बर्षको भन्दा खासै बजेट बढ्को देखिँदैन । आगामी बर्ष १० अर्व ४७ करोड राजश्व संकलन गर्ने लक्ष्य छ भने डेढ अर्ब वैदेशिक अनुदान लिने र १ अर्ब हाराहारीमै आन्तरिक ऋण जुटाउने अनुमान गरिएको छ ।

वित्तीय समानीकरणमा आउने यस वर्षका लागि ७ अर्ब ११ करोड रुपैयाँ छुट्याइएको छ भने सशर्त अनुदानमा ५ अर्ब ३५ करोड रुपैयाँ छुट्याएको छ । चालू बर्षमा २४ अर्ब २ करोड रुपैयाँको बजेट बनाएर कार्यान्वयन थालेको सरकारले मुस्किलले ३० प्रतिशत हाराहारीमा खर्च गरेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : १५ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका