सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट « Khabarhub

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।
चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

प्रदेश सरकारले ८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ५० बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको