भारतले अमेरिकी सामानको आयातमा भन्सार बढायो « Khabarhub

भारतले अमेरिकी सामानको आयातमा भन्सार बढायो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकाले भारतीय सामानको आयातमा दिँदै आएको ग्राह्यता बन्द गरेको बदलामा भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको छ ।

आइतबारबाट लागू हुनेगरी भारतले २८ किसिमका अमेरिकी सामानको आयातमा कर बढाउने घोषणा गरेको हो । भारत सरकारले जारी गरेको सूचनामा अमेरिकी सामानको आयातमा कर बढाउने जनाइएको छ । यी सामानको सूचीमा अधिकांश कृषि उपज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत जुन ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानहरुलाई दिँदै आएको जेनेरलाइज सिस्टम अफ प्रिफरेन्स जीएसपी नामक ग्राह्यता बन्द गर्ने घोषणा गरेका थिए । जीएसपी अन्तर्गत अमेरिकाले ५ अर्ब ६० करोड अमेरिकी डलर बराबरका भारतीय सामानलाई विशेष ग्राह्यता दिँदै आएको थियो ।

भारत सरकारको सूचनामा ट्रम्पको उक्त घोषणालाई ‘दुर्भाग्यपूर्ण’ कदमको संज्ञा दिँदै आफ्नो राष्ट्रिय हीतलाई कायम राख्न यस्तो कदम चालिएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जी२० सम्मेलनमा जापानको ओसाकामा भेटवार्ता हुनुअघि भारतले अमेरिकी सामानमा भन्सार बढाएको हो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : २९ बजे

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध