क्यामरुनको भाषा विवाद हिंसात्मक बन्दै, ४ प्रहरी मारिए | Khabarhub Khabarhub

क्यामरुनको भाषा विवाद हिंसात्मक बन्दै, ४ प्रहरी मारिए


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यउण्डे– अफ्रिकी मुलुक क्यामरुनमा भएको बम विष्फोटमा कम्तीमा ४ प्रहरीको ज्यान गएको छ ।

पश्चिम क्यामरुनको अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा भएको विष्फोटमा अरु ६ जना घाइते भएका छन् । अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा बेग्लै राज्यको माग गर्दै युद्धरत समूहले उक्त आक्रमण गराएको क्यामरुन सरकारले जनाएको छ । अधिकांश फ्रेन्च भाषी रहेको मुलुक क्यामरुनमा अङ्ग्रेजी भाषी क्षेत्रलाई पछाडि पारिएको भन्दै धेरै पृथकतावादी समूहरु युद्धरत छन् ।

यद्यपि पछिल्लो आक्रमणको कुनै पनि पृथकतावादी समूहले जिम्मा लिइसकेको छैन । पृथकतावादी समूहले विभिन्न सैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

क्यामरुन सरकार र पृथकतावादी समूहहरुले वार्तामार्फत् समस्याको समाधान गर्ने बताउँदै आएपनि त्यसो हुन सकेको छैन । सरकारले पृथकतावादीसँग वार्ता गर्न तयार रहेपनि उनीहरुलाई बेग्लै राज्य भने दिन नसकिने बताउँदै आएका छन् ।

पहिलो विश्वयुद्धपछि स्थापना भएको लिग अफ नेशन्सले तत्कालिन जर्मनीको उपनिवेशमा रहेको क्यामरुनलाई बेलायती र फ्रेन्च प्रशासनको जिम्मा लगाएपछि त्यहाँ फ्रेन्च र अङ्ग्रेजी भाषा बोल्ने बेग्लाबेग्लै क्षेत्रको विकास भएको थियो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको क्यामरुनमा सन् १९६१ मा बेलायती प्रशासनको क्यमरुन विलय भएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ४६ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री