क्यामरुनको भाषा विवाद हिंसात्मक बन्दै, ४ प्रहरी मारिए « Khabarhub

क्यामरुनको भाषा विवाद हिंसात्मक बन्दै, ४ प्रहरी मारिए


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यउण्डे– अफ्रिकी मुलुक क्यामरुनमा भएको बम विष्फोटमा कम्तीमा ४ प्रहरीको ज्यान गएको छ ।

पश्चिम क्यामरुनको अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा भएको विष्फोटमा अरु ६ जना घाइते भएका छन् । अङ्ग्रेजी भाषा बोल्ने क्षेत्रमा बेग्लै राज्यको माग गर्दै युद्धरत समूहले उक्त आक्रमण गराएको क्यामरुन सरकारले जनाएको छ । अधिकांश फ्रेन्च भाषी रहेको मुलुक क्यामरुनमा अङ्ग्रेजी भाषी क्षेत्रलाई पछाडि पारिएको भन्दै धेरै पृथकतावादी समूहरु युद्धरत छन् ।

यद्यपि पछिल्लो आक्रमणको कुनै पनि पृथकतावादी समूहले जिम्मा लिइसकेको छैन । पृथकतावादी समूहले विभिन्न सैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

क्यामरुन सरकार र पृथकतावादी समूहहरुले वार्तामार्फत् समस्याको समाधान गर्ने बताउँदै आएपनि त्यसो हुन सकेको छैन । सरकारले पृथकतावादीसँग वार्ता गर्न तयार रहेपनि उनीहरुलाई बेग्लै राज्य भने दिन नसकिने बताउँदै आएका छन् ।

पहिलो विश्वयुद्धपछि स्थापना भएको लिग अफ नेशन्सले तत्कालिन जर्मनीको उपनिवेशमा रहेको क्यामरुनलाई बेलायती र फ्रेन्च प्रशासनको जिम्मा लगाएपछि त्यहाँ फ्रेन्च र अङ्ग्रेजी भाषा बोल्ने बेग्लाबेग्लै क्षेत्रको विकास भएको थियो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको क्यामरुनमा सन् १९६१ मा बेलायती प्रशासनको क्यमरुन विलय भएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ४६ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट