अनुष्काले खुलाइन्, किन यति छिटो विराट कोहलीसँग बिहे गरेकी थिइन् « Khabarhub

अनुष्काले खुलाइन्, किन यति छिटो विराट कोहलीसँग बिहे गरेकी थिइन्


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अचानक बिहे गरेको खबरले धेरैलाई चकित बनायो । हुन त उनीहरु बिहे गर्दैछन् भन्ने खबर एक हप्ता पहिले नै आइरहेको थियो । तर, चर्चा चलेको कम समयमा नै यी दुईले बिहे गरेका थिए ।

अनुष्काका लागि त झन् कलाकार भएका कारणले बिहे गर्ने उमेर अझ कम थियो ।

आखिर किन अनुष्काले विराट कोहलीसँग बिहे गर्ने भनिन् त? यो सवालमा अनुष्काले हालै एक खुलासा गरेकी छिन् ।

भारतीय म्यागजिन फिल्मफेयरमा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘हाम्रा दर्शक हामीसँग यति जोडिनुभएको हुन्छ, त्यति त उद्योग पनि जोडिएको हुँदैन, अडियन्सले कलाकारलाई स्किृनमा देख्न चाहनुहुन्छ, उहाँले वास्तविक जीवनमा खासै महत्त्व राख्नुहुन्न ।’

उनले अगाडि भनिन्, ‘दर्शकलाई फरक पर्दैन कि, तपाईंको बिहे भयो या तपाईं आमा बन्नुभयो, हामी यो पूर्वाग्रहबाट बाहिर निस्कनु जरुरी छ, मैले २९ वर्षको उमेरमा बिहे गरेँ, जुन नायिका भएका हिसाबले कम हो, मैले यसो गरेँ, किनकि म मायामा फसेकी थिएँ ।’

उनले बिहेले सम्बन्धलाई अगाडि लैजाने पनि धारणा राखिन् । ‘यदि एक व्यक्ति आफ्नो बिहे गर्ने र त्यसपछि काम गर्न डराउँदैन भने महिलाको मामलामा पनि यस्तै हुनुपर्छ, अरु कलाकारले पनि यही गरिरहेका छन्,’ अनुष्काले भनिन् ।

अनुष्का र विराट कोहलीले गतवर्ष बिहे गरेका थिए । यी दुईले सुखी जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : १९ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।