डडेल्धुरा अस्पतालका चिकित्सकले दिए वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

डडेल्धुरा अस्पतालका चिकित्सकले दिए वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुरा अस्पतालका चिकित्सकहरुले अमरगढी नगरपालिका– ११ का वडा अध्यक्ष सूर्यप्रकाश खड्काविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

अस्पतालको शव परीक्षण कक्षमा वडा अध्यक्ष खड्का सहितको भीडले पोष्टमार्टमा खटिएका चिकित्सकमाथि हातपात गरेको भन्दै चिकित्सकहरुले जिल्ला प्रहरी कार्यलय डडेल्धुरामा मंगलबार उजुरी दिएका हुन् ।

गत असार २५ गते सवारी दुर्घटनामा परी मृत्यु भएका एक युवाको शव परीक्षण गर्ने क्रममा वडा अध्यक्षको नेतृत्वमा स्थानीय दीपक साउद लगायतका युवाहरुको भिडले पोष्टमार्टम कक्षमा शव परीक्षण गरीरहेका अस्पतालका चिकित्सक डा दिनेश उपाध्याय लगायतका अन्य डाक्टरहरुलाई अभद्र व्यवहार गर्दै हातपातको प्रयास र ढुंगा समेत प्रहार गरेको चिकित्सकहरुको आरोप छ ।

पोष्टमार्टम गर्ने क्रममा चिकित्सकमाथि अभद्र व्यवहार गरिएको भन्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सकले शुक्रबारदेखि नै कार्यक्षेत्र छाडेर धनगढी गएका थिए ।

चिकित्सकले अस्पताल नै छाडेपछि प्रहरीले आरोपित साउदलाई भने आइतबार पक्राउ गरेको थियो ।  आफूहरुमाथि हातपातको प्रयास गर्ने साउदलाई पक्राउ गरेपछि जिल्ला छाडेका ९ जना चिकित्सक सोमबार अस्पताल फर्किएका थिए ।

तर, जिल्ला प्रहरी कार्यलयमा उजुरी नै नपरेको भन्दै २४ घण्टापछि साउदलाई छाडिएपछि चिकित्सकहरुले जिल्ला प्रहरी कार्यलयमा वडा अध्यक्ष खड्का र साउदविरुद्ध सामूहिक उजुरी दिएका हुन् ।

शव परीक्षणको क्रममा चिकित्सकमाथी नै हातपातको प्रयास भएपछि डडेल्धुरा अस्पतताल शुक्रबार तनावपूर्ण बनेको थियो । जिल्ला छाडेका चिकित्सकहरु मंगलबारदेखि काममा फर्किएपछि जिल्ला अस्पतालको सेवा सुचारु भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ३ : १९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि