चलचित्र ‘माछा माछा’ का आकर्षक ५ पोस्टर, रिलिज मिति फाइनल « Khabarhub

चलचित्र ‘माछा माछा’ का आकर्षक ५ पोस्टर, रिलिज मिति फाइनल


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘माछा माछा’ टिमले प्रदर्शन मिति तय गरेको छ । सौगात मल्ल स्टारर यो फिल्ममा ३ गाउँले युवाहरुले शहरिया जीवन भोग्दा गरेको संघर्षको कथालाई फिल्ममा कथानक बनाइएको छ । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको शीर्ष भूमिका निभाएका छन् ।

निर्माण पक्षले फिल्मका ५ पोस्टर सार्वजनिक गर्दै रिलिज पनि पनि घोषणा गरेको हो । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म कार्तिक २९ गतेदेखि रिलिज हुने जनाइएको छ ।

सार्वजनिक गरिएका पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्प देख्न सकिन्छ । यो फिल्मको रिलिजअघि राम्रै चर्चा छ ।

यस्तै नायिका नम्रता श्रेष्ठ पनि पोस्टरमा अटाएकी छिन् । फिल्मका पोस्टरहरू आकर्षक छन् ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो फिल्ममा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । यो फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको यो फिल्ममा सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । यस्तै फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ३ : ०९ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना