अष्ट्रेलियामा २२ हजार स्वास्थ्यकर्मी आन्दोलित « Khabarhub

अष्ट्रेलियामा २२ हजार स्वास्थ्यकर्मी आन्दोलित


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– अष्ट्रेलियाको एक राज्यमा २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।  अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको भन्दै आन्दोलित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीलाई सुरक्षा नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले आगामी अगष्ट १ तारिखमा काम रोक्ने भन्दै मंगलबार  मतदान समेत गरेका छन् ।

उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ । अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुको सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले कार्य नगर्ने स्वास्थ्यकर्मीहरुको अडान छ ।

न्यू साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले अस्पतालमै हत्या, छुरा प्रहार र कुटपिट भएको भन्दै अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था नभएसम्म काम गर्न नसकिने बताएका छन् ।

उनले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरुले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको बताएका छन् । एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४ सय ६५ वटा आक्रमणका घटना भएका थिए ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ३५ बजे

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका