ललितपुर महानगरको ५ अर्ब ३१ करोडको बजेट पारित « Khabarhub

ललितपुर महानगरको ५ अर्ब ३१ करोडको बजेट पारित


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका चौथो नगरसभाले आगामी आर्थिक वर्ष २०७६∕२०७७ को लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६∕२०७७ को बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भने, ‘पूर्वाधार निर्माणसँगै, हरियाली प्रव नलाई प्राथमिकतामा राखेका छौं । ’

विकास सूचकांकको आधारमा महानगरपालिकाले वडाहरुलाई तीन किसिममा वर्गिकरण गरि बजेट छुट्याएको छ । पहिलो किसिममा परेका वडालाई एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

यस अन्तर्गत महानगरका वडा नं १,६ ७, ८,१०, ११, १९ रहेका छन् । दोस्रोमा परेका वडालाई दुई करोड छुट्याइएको छ । यस अन्तर्गत २,३,४,५,९,१३,१४, १५, १७ छन् ।

तेस्रो किसिममा परेका वडाहरुलाई दुई करोड ७५ लाख छुट्याइएको छ । जसमा वडा नं १२, १६, १८ , २० २१ , २२, २३,२४, २५, २६, २७, २८, २९ पर्छन् ।

मेयर महर्जनले महानगरका सबै वडामा विकास समान गतिमा नभएकाले वर्गिकरण गरी विकास खर्चको आवश्यकता अनुसार बजेट छुट्याएको बताए । ललितपुर महानगरपालिकामा २९ वडा रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ३९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ