स्थानीयबासीले नै बनाए सडक, सम्मान पाउने भएपछि जुट्यो पैसा « Khabarhub

स्थानीयबासीले नै बनाए सडक, सम्मान पाउने भएपछि जुट्यो पैसा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्थानीयबासी आफ्नो गाउँको विकासका लागि आफैं जुटेको खबर गोरखापत्र दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । खोटाङमा निर्माण भएको होलेसुङ–जनकराज राई सडक निर्माणका लागि जनकराज राई एक्लैले झण्डै २७ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गरेका छन् । उनीजस्तै धेरैले सडक निर्माणका लागि आर्थिक संकलन गर्दै आफू हिँड्ने सडक आफैं बनाउन जुटेका हुन् ।

समायोजनको बाटो खुल्यो शीर्षको समाचारमा प्रतिनिधिसभाको शुक्रबारको बैठकले कर्मचारी विधेयक पारित गरेसँगै कर्मचारी समायोजनको बाटो खुलेको उल्लेख गरिएको छ । विधेयक राष्ट्रियसभाबाट पनि यही फागुन १० गतेभित्रमा पारित भई प्रमाणीकरण हुनुपर्ने छ। विधेयक पारित भएपछि ढिलामा १४ दिनभित्र संसद सेवाका कर्मचारीको समायोजना सकिन्छ ।

त्यस्तै ‘समुन्द्रको छालजस्तै काम अघि बढेको छ’ शीर्षकको समाचारमा सरकारले गरेको एक वर्षको काम र प्रधानमन्त्रीले सरकारको एक वर्षको कामको समीक्षा गर्दै दिएको मन्तव्यलाई समेटिएको छ । प्रधानमन्त्रीले सम्बोधनका क्रममा ‘घरको जग बनाउँदै गरेका छौं, छानो छाएपछि थाहा पाउनुहुनेछ सरकारले के गरेको रहेछ,’ भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : २८ बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।