नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन इयू सकारात्मक, विभिन्न देशका राजदूतको चासो « Khabarhub

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन इयू सकारात्मक, विभिन्न देशका राजदूतको चासो


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली संघ (ईयू)ले सकारात्मक संकेत दिएको छ । नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटेर नेपालले हवाई क्षेत्रको विकासका लागि गरेको पहलको प्रशंसा पनि गरेका छन् ।

हवाई क्षेत्रको सुरक्षा महत्वपूर्ण रहनेभन्दै उनीहरुले सुरक्षाको न्युनतम मापदण्डलाई ख्याल गरिदिन पनि आग्रह गरेका छन् ।

नेपालले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूहरु लागि पर्ने बताउँदै उनीहरुले युरोप र नेपालबीच सिधा हवाईजहाज सञ्चालनको चाहना भएको र नेपालको पर्यटन प्रबद्र्धनका लागि काम गर्ने पनि बताएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले नेपाललाई हवाई ‘सुरक्षा सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए ।

जवाफमा पर्यटनमन्त्री अधिकारीले ईयूको चासो नियामक निकायलाई दुई भिन्न निकायको रुपमा स्थापित गर्ने आवश्यक प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । उनले सुरक्षा सूचीबाट नेपाल चाँडो हटेको खण्डमा पर्यटन र आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने बताएका थिए ।

सन् २०१३ मा नेपालको हवाई सुरक्षा अवस्था कमजोर रहेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको थियो । युरोपियन युनियनका अनुसार अन्तराष्ट्रिय उड्डयन मापदण्ड परिपालन न्यूनतम ६० प्रतिशतले रहनुपर्नेमा हाल ८० प्रतिशत परिपालन भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ४५ बजे

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन