रक्सी खाएपछि के खाने, के नखाने ? केही जान्नैपर्ने कुरा यी हुन् « Khabarhub

रक्सी खाएपछि के खाने, के नखाने ? केही जान्नैपर्ने कुरा यी हुन्


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकांश मानिसहरु रक्सी सेवन गर्छन् । तर मान्छेले रक्सी खानु ठिकै भए पनि रक्सीले मान्छे खाने अवस्था आयो भने ठूलो समस्या निम्तिन्छ । नेपालमा सबैखाले अल्कोहललाई ‘रक्सी’ नामले सम्बोधन गरिन्छ ।

अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने विषयमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ–

रक्सी खाएपछि के खाने ?

रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनुपर्छ ।

साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ ।

साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पुर्याउँछ ।

पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ ।

रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता पेय पदार्थ नखानु नै उत्तम मानिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ९ : २५ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका