रेमिट्यान्स आउने मुलुकबारे सरकारलाई नै थाहा छैन « Khabarhub

रेमिट्यान्स आउने मुलुकबारे सरकारलाई नै थाहा छैन


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । वैदेशिक रोजगारीका लागि सरकारले व्यक्तिगततर्फ १ सय ७२ देशका लागि स्वीकृती प्रदान गर्ने गरेको छ । त्यस बाहेकका देशमा काम गर्न जाने नेपालीलाई नेपाल सरकारले भिसा र काम गर्ने अनुमति दिँदैन तर, नेपालमा भने १ सय ८९ देशबाट रेमिट्यान्स भित्रिने गरेको छ । राष्ट्र बैकको तंथ्याक अनुसार गत आर्थिक वर्षमा नेपाल १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स भित्रिएको थियो ।

गत आर्थिक वर्षमा सवैभन्दा धेरै रेमिट्यान्स अमेरिका हुँदै नेपाल भित्रिएको बैकको तंथ्याकमा छ । अमेरिकाबाट १ खर्ब ८६ अर्ब २३ करोड ६२ लाख ४६ हजार ३ सय ९ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । भने, सवैभन्दा कम सोलोमोन आइल्याण्डबाट (४३.७८ अमेरिकी डलर) ४ हजार ९ सय ९७ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा १ सय ८४ देशबाट रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा ५ वटा देशबाट थपिएर रेमिट्यान्स नेपाल आएको तंथ्याकमा छ । विगत केही वर्षदेखि नयाँ देशबाट रेमिट्यान्स आउने क्रम बढेको बैकले जनाएको छ ।

सरकारले १ सय ७२ देशका लागि व्यक्तिगत श्रम स्वीकृति जारी गदै आएको छ । सरकारले श्रम स्वीकृति जारी गरेको भन्दा १७ वटा धेरै देशबाट नेपाल रेमिट्यान्स आउने गरेको छ । भने, अध्यागमन विभागका अनुसार करिब १ सय २० वटा देशका लागि मात्र भिसा लिएर अन्य काम नेपाली जाने गरेको जनाएको छ ।

एउटा देशको श्रम स्वीकृति लिएर गएका कामदार रोजगारदाता कम्पनीले अर्को देश काम गर्ने पुर्‍याउने गरेको पनि पाइएका छ । जसका कारण उनीहरु रोजगारीमा कार्यरत देशबाट नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् ।

रेमिट्यान्स नेपाल भित्रिएको आधार मान्ने हो भने रोजगारीको खोजी र अन्य पेशा व्यवसायमा नेपाली नागरिक १ सय ८९ देश पुगेको हुनसक्ने राष्ट्र बैकका प्रवत्ता लक्ष्मीपन्ना निरौलाले बताएका छन् । ‘रेमिट्यान्स नेपाल पठाउन सवै नागरिक नेपाली नै हुन भन्न सकिदैन् । विदेशीबाट धेरै रेमिट्यान्स परिवारका नाममा आँउने गरेको छ,’ प्रवत्ता निरौलाले भने, ‘विदेशमा रहेका नेपाली पठाएको रेमिट्यान्सलाई नै आधार मान्ने हो भने ठुलो संख्या विदशी भुमिमा छन् । उनीहरु रोजगारीको अवसर खोज्दै र अन्य कामका लागि पुगेका होलान ।’

वैदेशिक रोजगारी अथवा अन्य काममा गएका नेपालीले पठाउने रेमिट्यान्स पठाउने क्रम बढेसँगै नेपाली नागरिक रोजगारीको खोजी र अन्य पेशा व्यवसाय गर्न नयाँनयाँ देश पनि पुग्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार ५ वर्षअघिको तुलनामा अघिल्लो आर्थिक बर्षदेखि रेमिट्यान्स भित्रने क्रम ३३.४ प्रतिशतले बृद्धि भएको छ । कुल ग्रहस्थ उत्पादनमा गत आर्थिक वर्षको रेमिट्यान्सको योगदान २९ प्रतिशत रहेको बैंकले जनाएको छ । हाल रोजगारीका लागि करिब ३७ लाख नेपाली विदेशी भूमिमा कार्यरत छन् ।

कतिपय सरकारले नै नाम नसुनेको देशबाट नेपाल रेमिट्यान्स आउने गरेको पाइन्छ । नेपाली नागरिक रोजगारको अवसर खोजी र अन्य कामका लागि नयाँ–नयाँ देश जाने गरेको श्रम तथा रोजगारविज्ञ दिपेन्द्र थापा बताउँछन् । रेमिट्यान्सका आधारमा विदेशमा रहेका नेपालीको तंथ्याक संकलन गर्न सकिने उनको भनाइ छ । सरकारले कुन देशमा कसरी नेपाली पुग्छन् भनेर रेमिट्यान्स आएको देशसँग समन्वयन गर्नुपर्ने विज्ञ थापाको सुझाव छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा संस्थागत (म्यानपावर कम्पनी)मार्फत १ सय १० देश र व्यक्तिगततर्फ १ सय ७२ देशमा श्रम स्वीकृति जारी गदै आएको छ । नेपालबाट रोजगारीको खोजीमा वार्षिक विभिन्न ६ नयाँ देश जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । पछिल्लो समय नेपाली रोजगारीका लागि नयाँ देश र स्थानमा पुग्ने गरेका छन् । एउटा देशको श्रम स्वीकृति लिएर गएका कामदार रोजगारदाता कम्पनीले अर्को देश काम गर्ने पुर्‍याउने गरेको पनि पाइएका छ । जसका कारण उनीहरु रोजगारीमा कार्यरत देशबाट नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ०१ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि