अनुष्कासँगको बिहेको चर्चाबारे प्रभासले मुख खोले | Khabarhub Khabarhub

अनुष्कासँगको बिहेको चर्चाबारे प्रभासले मुख खोले


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली अभिनेता प्रभासको फिल्म ‘साहो’ रिलिजका क्रममा छ । यो फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ । यतिबेला भने प्रभास आफ्नो रिलेसनशीपका कारण चर्चा बटुलेका छन् । लामो समयदेखि बलिउडमा चर्चा छ कि, प्रभास र अनुष्का सेट्टी बिहे गर्दैछन् ।

अनुष्काले ‘बाहुबली’ मा पनि अभिनय गरेकी थिइन् । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् ।

यता यो खबरका बारेमा प्रभासले भने आफ्नो धारणा राखेका छन् । भारतीय मिडियाका अनुसार प्रभासले अनुष्कालाई एक साथीका रुपमा लिएको बताएका छन् । उनले भने, ‘हामी साथी मात्र हौँ, यदि हामीबीच केही हुन्थ्यो भने २ वर्षसम्म एकसाथ देखिने थिएनौँ?’

प्रभासले अगाडि भने, ‘मलाई यसअघि पनि प्रश्न गरिएको थियो, त्यतिबेला ‘बाहुबली’ का निर्देशकलाई नै यसको जवाफ दिन लगाएँ ।’

बाबुबली फिल्मपछि फ्यानले यो जोडीलाई खुबै रुचाएका छन् । यस्तो पनि खबर बाहिर आएको थियो कि, प्रभास र अनुष्काले अमेरिकाको लस एन्जल्समा घर किन्दैछन् ।

यसअघि प्रभासलाई बिहेका बारेमा प्रश्न सोधिँदा उनले निजी मामला भन्दै पन्छिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’