अनुष्कासँगको बिहेको चर्चाबारे प्रभासले मुख खोले « Khabarhub

अनुष्कासँगको बिहेको चर्चाबारे प्रभासले मुख खोले


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली अभिनेता प्रभासको फिल्म ‘साहो’ रिलिजका क्रममा छ । यो फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ । यतिबेला भने प्रभास आफ्नो रिलेसनशीपका कारण चर्चा बटुलेका छन् । लामो समयदेखि बलिउडमा चर्चा छ कि, प्रभास र अनुष्का सेट्टी बिहे गर्दैछन् ।

अनुष्काले ‘बाहुबली’ मा पनि अभिनय गरेकी थिइन् । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् ।

यता यो खबरका बारेमा प्रभासले भने आफ्नो धारणा राखेका छन् । भारतीय मिडियाका अनुसार प्रभासले अनुष्कालाई एक साथीका रुपमा लिएको बताएका छन् । उनले भने, ‘हामी साथी मात्र हौँ, यदि हामीबीच केही हुन्थ्यो भने २ वर्षसम्म एकसाथ देखिने थिएनौँ?’

प्रभासले अगाडि भने, ‘मलाई यसअघि पनि प्रश्न गरिएको थियो, त्यतिबेला ‘बाहुबली’ का निर्देशकलाई नै यसको जवाफ दिन लगाएँ ।’

बाबुबली फिल्मपछि फ्यानले यो जोडीलाई खुबै रुचाएका छन् । यस्तो पनि खबर बाहिर आएको थियो कि, प्रभास र अनुष्काले अमेरिकाको लस एन्जल्समा घर किन्दैछन् ।

यसअघि प्रभासलाई बिहेका बारेमा प्रश्न सोधिँदा उनले निजी मामला भन्दै पन्छिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ११ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ