ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली « Khabarhub

ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् ।

शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् ।

‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन,’ आफूलाई भेट्न आएका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो (बिहीबार) ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’

प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए । ओली स्वदेश फर्किएपछि बुधबार र बिहीबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भनिएको थियो ।

तर, बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक शुक्रबारका लागि सारिएको थियो । अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

एकता प्रक्रियालाई पूर्णता दिनका लागि विभाग गठन लगायतका विषयलाई टुंग्याउने जनाइएको छ ।


तस्वीरहरु– कृष्ण पौड्यालको फेसबूकबाट

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : २८ बजे

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा