प्रदर्शनकाबीच रवि लामिछानेलाई अदालत लगियो « Khabarhub

प्रदर्शनकाबीच रवि लामिछानेलाई अदालत लगियो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोला रवि लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।

बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई चितवन जिल्ला अदालतमा पेश गरिएको हो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अहिले लामिछानेसहित ३ जनालाई न्यायाधीश विनोद कुमार गौतमको इजलाशमा उपस्थित गराइएको छ ।

‘अहिले इजलाशमा बहस चलिरहेको छ, प्रतिवादी (लामिछाने)तर्फका वकिल पनि अदालतमा उपस्थित छन्,’ गिरीले खबरहबसँग भने ।

रवि लामिछानेसहितका तीन जनालाई अदालतमा उपस्थित गराउँदा लामिछानेका समर्थकले अदालत बाहिर प्रदर्शन गरेका छन् । भीडको बीचबाट रविलाई उदालतमा पेश गरिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १ : २० बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु