प्रदर्शनकाबीच रवि लामिछानेलाई अदालत लगियो « Khabarhub

प्रदर्शनकाबीच रवि लामिछानेलाई अदालत लगियो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोला रवि लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।

बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई चितवन जिल्ला अदालतमा पेश गरिएको हो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अहिले लामिछानेसहित ३ जनालाई न्यायाधीश विनोद कुमार गौतमको इजलाशमा उपस्थित गराइएको छ ।

‘अहिले इजलाशमा बहस चलिरहेको छ, प्रतिवादी (लामिछाने)तर्फका वकिल पनि अदालतमा उपस्थित छन्,’ गिरीले खबरहबसँग भने ।

रवि लामिछानेसहितका तीन जनालाई अदालतमा उपस्थित गराउँदा लामिछानेका समर्थकले अदालत बाहिर प्रदर्शन गरेका छन् । भीडको बीचबाट रविलाई उदालतमा पेश गरिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १ : २० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने