इण्डोनेशियाको राजधानी जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव « Khabarhub

इण्डोनेशियाको राजधानी जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले राजधानीलाई जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव गरेका छन् ।

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै राष्ट्रपति विदोदोले यस्तो प्रस्ताव गरेका हुन् । उनले सम्बोधनका क्रममा राजधानी सार्ने प्रस्तावमा समर्थन जनाउन आम जनतासँग पनि आह्वान गरे ।

उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएका कारण राजधानी सार्नुपर्ने अवस्था आएको बताए ।

नयाँ राजधानीलाई जावा द्विपबाट बोर्नियो द्विपमा सार्ने उनको प्रस्ताव छ । कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभई मुलुकको प्रगतिको सूचक पनि हुने गरेको उनको भनाइ छ ।

उनले बोर्नियोमा राजधानी सार्दा समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि रहेको बताए ।

बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ४५ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा