काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।
उनले स्वर्गीय दीक्षितको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । वरिष्ठ साहित्यकार एवं पत्रकार दीक्षितको विहीबार विहान ९७ वर्षको उमेरमा कालिकास्थानस्थित निवासमै निधन भएको हो ।
दीक्षित लामो समयदेखि अस्वस्थ थिए । दिक्षितका दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् ।
प्रतिक्रिया