मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा « Khabarhub

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि नेपालमा निर्माण मजदुर र उपभोक्तामा असर देखिन थालेको छ।

निर्माण व्यवसायी महासङ्घले मूल्यवृद्धिका कारण निर्माण बिदा माग गरेपछि करिब १० लाख निर्माण मजदुरको दैनिक आम्दानी बन्द हुने जोखिम उत्पन्न भएको छ।

नेपाल आयल निगमले पेट्रोल र मट्टितेलमा भारी मूल्यवृद्धि गरेको छ भने बजारमा एलपी ग्यास आधा सिलिन्डर मात्र उपलब्ध छ। इन्धन मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि प्रत्यक्ष असर पार्ने देखिन्छ। यस्तै, आप्रवासी श्रमिकको सुरक्षित काम गर्ने अधिकार हनन भइरहेको र महंगीले मजदुरको जीवनशैली प्रभावित भएको छ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले मूल्यवृद्धिका प्रभाव मुख्यत: आम मजदुर, महिला र संरचनागत रुपमा पछाडि परेका समुदायमा पर्ने र यसले जीवनयापन, विभेद र हिंसाको जोखिम बढाउने चेतावनी दिएको छ। 

ओरेकले श्रमिक वर्ग र सीमान्तकृत समुदायको खाद्य, जीवनरक्षा, आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्न र मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायसँग ठोस कदम चाल्न माग गरेको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : २३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा