चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते « Khabarhub

चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका छन् ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रूग्यास प्रहार गरेको जनाइएको छ ।

रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । साँझसम्म रवी लामिछानेका समर्थकहरुले जिप्रका नछाडेपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ । उनका समर्थकले दिनभरजसो जिप्रका अगाडि नाराबाजीसहित प्रदर्शन गरी तोडफोडको प्रयास समेत गरेका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा जिल्ला अदालत चितवनले अनुसन्धानका रवी लामिछानेसहित तीन जनालाई ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतमा लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ३१ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको