चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते | Khabarhub Khabarhub

चितवनमा प्रहरी र रवीका समर्थकबीच झडप, ५ प्रहरी घाइते


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका छन् ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रूग्यास प्रहार गरेको जनाइएको छ ।

रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । साँझसम्म रवी लामिछानेका समर्थकहरुले जिप्रका नछाडेपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ । उनका समर्थकले दिनभरजसो जिप्रका अगाडि नाराबाजीसहित प्रदर्शन गरी तोडफोडको प्रयास समेत गरेका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा जिल्ला अदालत चितवनले अनुसन्धानका रवी लामिछानेसहित तीन जनालाई ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतमा लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ३१ बजे

टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने

इस्तानबुल – युक्रेन र रुसबीच बिहीबार शान्ति वार्ता हुँदैछ। युक्रेनी

म्याग्दीको ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा मासिए

म्याग्दी– विगत तीन दशकयता म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा

शिक्षक आन्दोलनको मार : बिदामा पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे

विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी

काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय