मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहार खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिः सचिवालय « Khabarhub

मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहार खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिः सचिवालय


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहार र त्यसपछि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंद्वारा जारी विज्ञप्तिमा घटना र त्यसपछि संलग्न समूहका सदस्यले व्यक्त गरेको विचारप्रति गम्भीर आपत्ति भएको उल्लेख छ ।

बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुन शनिबार टीकापुर पुगेका मन्त्री भट्टराई सोही दिन बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्किने पूर्वनिर्धारित तालिका थियो । भोलिपल्ट प्रतिनिधिसभामा मन्त्रालयका बारेमा सांसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौँ फर्किनुपर्ने दबाबमा मन्त्री रहेको बताइएको छ ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बोर्डिङ भएका यात्रुमध्ये एक उच्छृङ्खल समूहले हुलका साथ जहाजबाट बाहिर निस्केर गालीगलोज गर्दै मन्त्री भट्टराई पुगेलगत्तै अपशब्द प्रयोग गरिएको उल्लेख छ ।

मन्त्री भट्टराइले उच्छृङ्खल समूहलाई कुनै उत्तर नदिए पनि अन्य यात्रुलाई आफ्ना कारण परेको असुविधाप्रति क्षमा मागिएको विज्ञप्तिमा उल्लेख छ । उक्त समूहले जहाजभित्र गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको सचिवालयले ठहर गर्दै नियोजित घटनाको भर्त्सनासमेत गरेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ३० बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु