सन्दीप लामिछानेको टीम बार्बाडोस पराजित « Khabarhub

सन्दीप लामिछानेको टीम बार्बाडोस पराजित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो । बार्बाडोस ट्रिडेन्ट नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम हो ।

किङ्सटनमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४४ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)