अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य « Khabarhub

अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डसँग बराबरी खेलेको हो । अग्रता जोगाउन नसक्दा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो।

वाट्फोर्डको मैदानमा भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङ एक्लैले दुई गोल गरेका थिए। घरेलु टोलीका लागि टम क्लेभर्ली र रोबर्टो पेरेयाराले १–१ गोल गरे। खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा भने आर्सनलले अग्रता जोगाउन सकेन। खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।

त्यसपछि कुनै टोलीले गोल गर्न सकेनन् खेल बराबरीमा सकियो । आर्सनल ५ खेलबाट ८ अंक जोड्दै लिगको सातौं स्थानमा छ । वाट्फोर्डको ५ खेलबाट २ अंक छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : २० बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित